Breaking News
प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राइ हटे, भीम आचार्य बने नयाँ मुख्यमन्त्री
०
विराटनगर, भदौ १०–
प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसंगै आचार्य नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले बिहीबार नै प्रदेश प्रमुख अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
संसदीय दलको नेताबाट राईले राजीनामा दिएका थिए भने आचार्य नयाँ दल नेता चुनिएका थिए । ९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>