Breaking News

माधव नेपालको नेकपा (एकीकृत समाजवादी) दर्ता, निर्वाचन आयोगले दियो प्रमाणपत्र

Banner

काठमाडौँ, भदौ ९–

अन्ततः माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निर्वाचन दर्ता भएको छ ।

नेकपा एमालेबाट अलग भएका माधव नेपालसहितका नेताहरुले अलग पार्टीको रुपमा नेकपा एकीकृत समाजवादी गठन गरेको थियो । बुधबार सनाखत पुरा भएपछि निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई बुधबार नै दर्ता प्रमाणपत्र दिएको हो । सो पार्टीले आयोगबाट ५६ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

यस्तै २९ जना संघीय संसदले पनि नेकपा एकीकृत समाजवादी रोजेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । मंगलबार मात्र दल एकीकृत समाजवादीमा आउन निवेदन दिएका चार जनाले भने सनाखत गर्न पाएनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>