Breaking News

चितवनमा प्रशासन र मालपोत कार्यालय पनि खुल्ने, आलोपालो प्रणाली लागू

Banner

चितवन, भदौं ९-

जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा खुकुलो बनाउँदै भीडभाड हुने सरकारी कार्यालयहरु आलोपालो प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रशासनले आज आदेश जारी गर्दै सो निर्णय गरेको हो ।

प्रशासनले जारी गरेको आदेशमा चितवनका सबै सरकारी कार्यालयहरुले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा पालना गर्दै भीडभाडको अवस्था विश्लेषण गरेर सञ्चालन गर्नुपर्ने जनाएको छ । विशेष त प्रशासन र मालपोत जस्ता कार्यालयहरु बार र स्थानीय तह वडा अनुसार भीडभाड नहुने प्रबन्ध मिलाइ आलोपालोमा सञ्चालन गरिने प्रशासनले निर्णय गरेको छ । यसअघि बढी भीडभाड भएको जनगुनासो बढे पछि प्रशासनले मालपोत, यातायातलगायतका कार्यालयबाट दैनिक सेवा प्रवाह बन्द गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>