Breaking News

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन पाँच जनाको मृत्यु, १३० जना संक्रमित थपिए

Banner

चितवन, भदौं ९-

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन पाँच जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांकअनुसार भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा तीन जनाको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना नवलपुर र चार जना चितवनका छन् ।

चितवनका विभिन्न अस्पतालमा १५९ जना कोरोनाका बिरामीहरुले उपचार गराइरहेका छन् । जसमध्ये ५७ जना आईसीयूमा, भेन्टिलेटरमा १६ जना, एचडीयूमा २३ जना र जेनरल बेडमा ७९ जना रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २५ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।
त्यसैगरी चितवनमा आज १३० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ९१ जना, खैरहनी नगरपालिकामा ९ जना, माडी नगरपालिकामा ८ जना, रत्ननगर नगरपालिकामा १५ जना, राप्ती नगरपालिकामा ६ जना र इच्छाकामनामा एक जना रहेका छन् । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या एक हजार ८४४ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ७२९ जना, अस्पताल आइसोलेसनमा ११२ जना र सार्वजनिक आइसोलेसनमा तीन जना रहेका छन् । आज चितवनका चार जनाको मृत्यु भएसँगै कोरोनाबाट चितवनमा मृतकको संख्या ३८६ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>