अर्थ

कर नतिर्ने करदातालाई काठमाडौं महानगरले दियो बाजा बजाएर दबाब

Banner

काठमाडौं , भदौ ९ – काठमाडौं महानगरले कर नतिर्ने ठूला करदाताको घरघरमा गएर दबाब दिन थालेको छन् ।

बाजागाजासहित दबाब दिदै अटेर गर्ने  र घरजग्गा, सम्पत्ति लगायत व्यवसायिक कर नतिर्ने  ठूला करदाता घरघरमा महानगर पुगेको थियो । आज पहिलो चरणमा महानगरले काठमाडौंको खुसुबु नयाँ बजार, न्यूरोड, सोल्टीमोड लगायतका क्षेत्रमा पन्चेबाजासहित करदाताको घरदैलो गरेको हुन् ।

महानगरले २–३ वर्ष देखि २८ वर्षसम्मको घर/जग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम सुरु गरेको जनाएको छ । ‘महानगरले पछिल्लो २–३ वर्षको दाखिलालाई छाडेर २८ वर्षसम्मको पुरानो कर उठाउन पहल गर्दैछ ।

महानगरपालिकाको राजस्व विभागका प्रमुख शिव अधिकारीलेका अनुसार न्युरोडका तीन व्यवसायिक सपिङ कम्प्लेक्स (रञ्जना कम्प्लेक्स, आरबी कम्प्लेक्स र अर्को एक कम्प्लेक्ससहित खुस्बुको एक ह्वाइट फिल्ड स्कुल, सोल्टीमोडको होटल प्ल्याटिनियम र राइड सेयरिङ्ग ‘पठाओ’ मा समेत आज महानगरको विशेष टोली बाजागाजासहित गएर कर तिर्न दवाव दिएका हुन् । अधिकारीलेका अनुसार यसैको दबाब स्वरुप आज ७० ठूला करदाताको घरदैलो कार्यक्रमको आयोजना गरिएको हो। यी ठूला करदाताहरुबाट महानगरले ६५ देखि ७० करोड माथिको राजस्व उठाउन बाँकी रहेको अधिकारीले बताए ।

त्यस्तै यी करदाताहरूलाई कर तिर्न ३० दिने सूचना जारी गरेर नाम सार्वजनिक गर्दा समेत अटेर गरेपछि महानगरपालिकाले दबाबपूर्ण कार्यक्रमको नयाँ रणनीति अपनाएको जनाएको छ । महानगरले गत असार १६ र साउन २४ गते करदातालाई करदाखिला गर्न आउन ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>