समाज

लिफ्ट दिएका ब्यक्तिले बाइक अन्तै मोडेपछि किशोरी बाइकबाटै हाम फालिन्

Banner

बैतडी,भदौं ८-

बैतडीमा मोटरसाइकलबाट खसेर एक किशोरी घाइते भएकी छिन् । जिल्लाको पाटन नगरपालिका ९ किचारकी १६ बर्षीय गोदावरी भट्ट गम्भीर घाइते भएकी हुन् ।सोमबार बिहान गौराका लागि लुगा कपडा र श्रृंगारका सामाना किन्न खोड्पे बजार पुगेकी गोदावरीलाई घर फर्किदा मोटरसाइकलमा लिफ्ट दिएका हरिश महराले अन्तै लग्न खोजेपछि उनले मोटरसाइकलबाट हाम फालेको उनका दाजु जनकराज भट्टले बताए ।

आफ्ना बुवा अर्जुन भट्ट र गाउँका अन्य बैनीहरुसंग खोड्पे पुगेकी गोदावरी बुवा भन्दा केही ढिलो घर फर्किदा हरिशले आँफै लिफ्ट दिन्छु भनेर मोटरसाइकल चढाएको जनकले बताए । उनले भने ‘बैनीले बीचमा बुवा देखेपछि म यतै उत्रिन्छु भनेकी रहेछ । तर उसले विजयपुर सम्म पुर्याइ दिन्छु भनेछ । विजयपुरबाट पनि बझाङ तर्फ जाने रोडमा लान थालेपछि बहिनीले हाम फालिछन् ।’

गोदावरीले मोटरसाइकलबाट हाम फालेपछि हरिश एक्लै भागेका बताइएको छ । हरिशको घर पनि पाटन नगरपालिका ९ कत्र्याकोटमा रहेको छ । गाउँकै चिनेजानेको मान्छेले मोटरसाइकलबाट अन्तै लाने प्रयासपछि गोदावरीले हाम फालेको पारिवारका सदस्यको भनाई छ ।

घाइते गोदावरीको अहिले धनगढीको मायामेट्रो हस्पिटलमा उपचार भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>