समाज
मोटरसाइकलमा लिफ्ट मागेकी युवती लडेर घाइते
०

धनगढी,भदौं ८-
बैतडीमा मोटरसाइकलमा लिफ्ट मागेकी युवती लडेर घाइते भएकी छन् । सोमबार खोड्पे बजारबाट घर फर्किने क्रममा सुपप्र ०४००१ प०५०१ नम्बरको मोटरसाइकलमा लिफ्ट मागेकी पाटन नगरपालिका ९ किचारकी १७ वर्षीया गोदावरी भट्ट लडेर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले भट्टकै वडाका चालक हरिश महरासँग मोटरसाइकलमा लिफ्ट मागेकी भट्ट लडेर घाइते भएको बताए ।भट्टको शरीरमा चोट रहेको बताउँदै प्रहरी निरीक्षक ओझाले डडेल्धुरामा सामान्य उपचारपछि धनगढी रेफर गरिएको जानकारी दिए । मोटरसाइकल र चालक महरालाई इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रणमा लिएको छ । भट्टको धनगढीको माया मेट्रो अस्पतालमा आइसीयूमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























