Breaking News

एमाले स्थायी कमिटी आज, एकता पक्षधर नेताहरू पनि सहभागी हुने

Banner

काठमाडौं,भदौं ८-

नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक आज बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने छ। बैठकमा एमाले विभाजनका बेला माधवकुमार नेपाललाई साथ नदिएका नेताहरू पनि सहभागी हुने प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

माधव नेपालको नयाँ पार्टीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरूले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्म अल्टिमेटम दिएका थिए। उनीहरूले सोमबार अध्यक्ष ओलीसँग छलफलसमेत गरेका थिए।

छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>