चितवन विशेष

चितवनका एल्जीबिटीआइक्यु समुदायले मनाए गाईजात्रा

Banner

चितवन, भदौं ६ –

चितवनका लैंगिक तथा अल्पसंख्यक समुदायले गाईजात्रा मनाएका छन् । आज भरतपुर १ ठिमुरामा उनीहरुले आफ्नो पहिचान र अधिकारको माग सुनिश्चत गर्दै र्‍याली निकाल्दै गाईजात्रा मनाएका हुन् ।

हरेक वर्ष गाईजात्राको अवसरमा उनीहरु राजधानी काठमाडौंमा नै मनाउने जाने गर्थे । तर यो वर्ष भने कोरोनाको कारण आ-आफ्नो क्षेत्रमा नै गाईजात्रा मनाईएको हो । उनीहरुले आज सचेतनामुलक प्ले कार्डसहित प्रर्दशन गरेका थिए ।

इन्देणी रंगको झण्डा, विभिन्न मुकुट र ड्रेसमा सजिएका उनीहरुले ‘हामी सबै भिन्न’, ‘हामी सबै समान ,लैंगिक तथा अल्पसंख्यक समुदायलाई सम्मान गरौं’ लेखेका सन्देशमुलक प्ले कार्ड प्रर्दशन गरेका थिए ।

साँस्कृतिक रुपमा नेवार समुदायले दिवंगत भएका आफन्तको सम्झनामा मनाउने यो पर्व एल्जीबिटीआइक्यु समुदायले पनि विगत १८ वर्षदेखि मनाउँदै आएका मानव सचेत समाज चितवनका कार्यक्रम संयोजक देव श्रेष्ठ बताउँछन् । चितवनमा करिब २ सय जना भन्दा बढी एल्जीबिटीआइक्यु समुदाय खुलेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>