चितवन विशेष

बाढी, पहिरोबाट ज्यान गुमाएका चितवनका दुई चेपाङ परिवारलाई कांग्रेसको राहत

Banner

चितवन, भदौ ७–

बाढी, पहिरोबाट परिवार गुमाएका चितवनका दुई चेपाङ परिवारलाई नेपाली कांग्रेसले राहत वितरण गरेको छ । सोमबार विहान भरतपुरमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवंम को विपद् व्यवस्थापन समितिका संयोजक तथा पूर्व मन्त्री महेन्द्र बहादुर बस्नेतले राहत हस्तान्तरण गरेका हुन् ।

संयोजक बस्नेतले पूर्वी चितवनको राप्ती नगरपालिकाका मोतिलाल चेपाङ र कालिका नगरपालिकाको ज्ञानबहादुर चेपाङको परिवारलाई राहत स्वरुप प्रति परिवार २५ हजार रुपैयाँ नगद हस्तान्तरण गरे । मृतकका परिवारलाई खान लाउन समेत समस्या परेको जानकारी पाएपछि नेता बस्नेतले उनीहरुको परिवारका एक सदस्यलाई निःशुल्क पठनपाठनको व्यवस्था गरिने दिने घोषणा गरे । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं ६का वडा अध्यक्ष रामकुमार थापा र नेपाल लोकतान्त्रिक खेलकुद संघका महासचिव सुबोध प्रधानको समन्वयमा उक्त परिवारको एक सदस्य लाई निःशुल्क पठनपाठनको व्यवस्था गरिएको नेविसंघ नेता सन्दिप बस्नेतले जानकारी दिए ।

नेपाली कांग्रेसले बाढी र पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई राहत वितरण गर्ने अभियानलाई तिव्रता पारेको छ । राहत वितरणका लागि संयोजक बस्नेत स्वंम खटिएका छन् । संयोजक बस्नेतका अनुसार वि.संं.२०७८ सालयता बाढी र पहिरोको कारण मात्रै परिवार गुमाएकालाई राहत वितरण गरिएको छ ।

कांग्रेसले गृहमन्त्रालयले उपलब्ध गराएको तथ्यांकको आधारमा राहत वितरण कार्यलाई अगाडि बढाएको हो । नेता बस्नेतका अनुसार हालसम्म २९ जिल्लाका ७१ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएकोले ति परिवारलाई राहत वितरण गर्न लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>