Uncategorized

मुख्यमन्त्री केसीले मागे विश्वासको मत, एमालेद्वारा प्रदेशसभा बहिस्कार

Banner

रुपन्देही, भदौं ७- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गरेका हुन् ।

चौथो बैठक तय भएको आधा घण्टापछि भर्खर शुरू भएको छ । केसीले सदनसमक्ष विश्वासको मत दिन माग गरेका छन् । एमाले प्रदेश संसदीय दलका उपनेता वैजनाथ चाैधरीले बैठक औचित्यहीन भएकोले पार्टीले बहिष्कार गरेको बताए ।

अजय शाही र विमला वलीलाई पदमुक्त नगरेको विरोधमा लगातार सदन अवरोध गरिरहे पनि सभामुखले तीनपटक स्थगित गर्दै चौथोपटक बैठक आव्हान गरेका हुन् ।

लुम्बिनी सभामा माओवादीका १९,  जसपाका ३, नेपाली कांग्रेसका१९, जनमोर्चाका १ सांसदहरु रहेका छन् । एमाले ३८ जना छन् । सूर्य चुनाव चिन्हबाट चुनाव जितेका अजय शाहीलाई भने प्रदेशसभाले स्वतन्त्र सांसद दावी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>