Breaking News

चितवनमा आज ७६ जनासहित कोरोना संक्रमित हुनेहरुको संख्या २४ हजार नाघ्यो

Banner

चितवन, भदौं ७-

चितवनमा आज ७६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै चितवनमा पहिलो र दोस्रो लहरमा गरेर कोरोना संक्रमित हुनेहरुको संख्या २४ हजार ४१ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या दुई हजार ५८ जना रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ९२८ जना, अस्पतालको आइसोलेसनमा १२७ जना र सार्वजनिक आइसोलेसनमा तीन जना रहेका छन् । संक्रमितहरु मध्ये २१ हजार ६०१ जना निको भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार आज भरतपुर महानगरपालिकामा ५६ जना, खैरहनी नगरपालिकामा चार जना, माडीमा दुई जना, रत्ननगर नगरपालिकामा १२ जना, राप्तीमा एक जना र कालिकामा एक जना थपिएका हुन् । चितवनमा आजसम्म कोरोना संक्रमणको कारणले ३८२ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>