शिक्षा

कक्षा १२ को परीक्षा दशैं अघि नै संचालन गरिने

Banner

काठमाडौं, भदौं ७ – कक्षा १२ को परीक्षा दशै अगाडी नै संचालन गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । कोभिडविरुद्धको खोप लगाएर चारलाख भन्दा बढी परिक्षार्थीको भौतिकरुपमै परिक्षा संचालन गर्ने बोर्डको तयारी छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वीकुति दिएपछि परीक्षा संचालनबारे १५ दिन अगाडी नै सूचना निकालेर जानकारी दिने बताएका छन् । निषेधाज्ञाले परीक्षा स्थगित भएपछि परिक्षार्थीहरु उपत्यकाबाहिर गएकाले पूर्वजानकारी दिनुपर्ने शर्माले जनाए ।

स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै भौतिकरुपमा परीक्षा सञ्चालन गर्न कुनै समस्या नहुने शर्माले बताए ।  सरकारले यसै सातादेखि प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराउन शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो ।

परीक्षा संचालन गर्ने बोर्डले बताए अनुसार कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सर्दैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>