समाचार

पहिरोको जोखिममा छन् अझै सिन्धुपाल्चोकका ३४ घर

Banner

सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन् ।

पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् ।  पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेको स्थानीयवासी कान्छामान दोङकाले बताए । पटकपटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएकोस्थानीयवासी गुनासो छ ।

 वडाध्यक्ष ठकराज गिरीले तत्काल नगरपालिकामा जानकारी गराइ प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>