स्वास्थ्य
फेरि बढ्यो संक्रमण, नाकामा परीक्षण गर्न शुरु
०

सुर्खेत, ६ भदौ – कर्णालीमा केही समय ओरालो लागेको कोरोना संक्रमण दर पछिल्लो समय फेरि बढ्न थालेको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा साउन यतामात्रै शनिबारसम्म दुई हजार ४७१ जना नयाँ संक्रमित थपिएका छन् ।
साउनयता पीसीआर विधिबाट दुई हजार ८६० जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआर विधिबाट परीक्षण गरिएकामध्ये एक हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै एन्टिजेन विधिबाट पाँच हजार ७६८ जनामा परीक्षण गरिएको थियो। जसमध्ये एक हजार १६८ जनामा संक्रमणप्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
कर्णालीमा साउनयता मात्रै १७ जनाले कोरोनाविरुद्धको लडाइमा ज्यान गुमाएका छन् ।
निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार शनिबारसम्म कर्णालीमा सक्रिय संक्रमितको संख्या ८९० पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















