मौसम

देशभर मध्यम र तीनवटा प्रदेशमा भारी वर्षा हुने

Banner

काठमाडौं,भदौं ६-

आज देशका अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक वा दुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ। त्यस कारण मुलुकका अधिकांश स्थानमा हाल सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने हुँदा सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ, महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>