Breaking News
चितवनमा आज तीनसहित कोरोना संक्रमणबाट ३७९ जनाले ज्यान गुमाए
०

चितवन, भदौं ५-
चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाले ज्यान गुमाएका छन् । योसँगै चितवनमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म ३७९ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा दुई जनाले ज्यान गुमाएका हुन् । मृतक तीनै जना चितवनका हुन् ।
त्यस्तै विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट कोरोना संक्रमणबाट २६ जना डिस्चार्ज भएका छन् । अहिले चितवनका विभिन्न अस्पतालमा कोरोनाका १७९ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ६४ जना, भेन्टिलेटरमा १७ जना, एचडीयूमा ३२ जना र जेनरल बेडमा ८३ जना रहेका छन् । आज तीन जनाले कोरोनाबाट ज्यान गुमाएसँगै चितवनमा अहिलेसम्म कोरोनाबाट ३७९ जनाले ज्यान गुमाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















