Breaking News

भरतपुर महानगरपालिकाको बेरुजु घट्दो, शून्यमा झार्ने मेयर दाहालको प्रतिवद्धता

Banner

चितवन, भदौ ५–

एक समय ठूलो बेरुजु रकम हुँदै आएको भरतपुर महानगरपालिकामा पछिल्लो समय घट्दो क्रममा रहेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनअनुसार भरतपुर महानगरपालिकाको बेरुजु घटेर २ प्रतिशतमा झरेको छ ।

६ वटा महानगरपालिका मध्ये भरतपुरको बेरुजु कम सबैभन्दा कम छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले कुल बेरुजु मध्ये आधा भन्दा बढी पेस्की बेरुजु रहेको जानकारी दिइन् । उनले पेस्की बेरुजु छिट्टै फछ्र्योट हुने समेत बताइन्। उनले अन्तिम लेखा परीक्षण हुँदासम्म बेरुजु शुन्यमा झार्ने प्रतिवद्धता जनाईन् ।

सबैभन्दा धेरै काठमाडौं महानगरपालिकामा ११.८६ प्रतिशत बेरुजु रहेको छ । अर्थात् काठमाडौंको बेरुजु रकम १ अर्ब ९४ करोड रहेको छ ।
यस्तै वीरगंज महानगरपालिकाको बेरुजु ८.२६ प्रतिशत बेरुजु रहेको छ । यो कुल रकम ७५ करोड ६७ लाख हुन जान्छ । यसैगरि पोखरा महानगरपालिकाको बेरुजु ७.४२ प्रतिशत रहेको छ । जुन ७० करोड ५७ लाख रुपैयाँ हुन जान्छ ।

ललितपुर महानगरपालिकाको बेरुजु ७.२२ प्रतिशत बेरुजु रहेको छ । यो कुल ६७ करोड ३० लाख हुन जान्छ । त्यसैगरि विराटनगर महानगरपालिकाको बेरुजु ३.४१ प्रतिशत रहेको छ । जुन ४६ करोड ३ लाख रुपैयाँ हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>