चितवन विशेष

देवघाटको छिपछिपे खानेपानी परियोजना निर्माणको सम्झौता

Banner

चितवन, भदौं ५-

रोटरी क्लब अफ नारायणगढले छिपछिपे खानेपानी उपभोक्ता समिति, वाटर सेन्टर र देवघाट गाउँपालिकाको सहकार्यमा छिपछिपेमा खानेपानी परियोजना सञ्चालन गर्ने भएको छ ।

रोटरी क्लब अफ नारायणगढ, छिपछिपे खानेपानी उपभोक्ता समिति, वाटर सेन्टर र देवघाट गाउँपालिका बीच शुक्रबार चौपक्षीय सम्झौता भएको हो ।

नारायणगढ रोटरी क्लबका सचिव दिलीप तामाङका अनुसार परियोजना सम्झौतामा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, वडा नं ५ का अध्यक्ष यलबहादुर गुरुङ, उपभोक्ता समितिका अध्यक्ष र नारायणगढ रोटरी क्लबका अध्यक्ष अरुणकुमार खनालले संयुक्त हस्ताक्षर गरेका छन् । यस खानेपानी परियोजनाबाट छिपछिपेका ६२ घरपरिवार, एक विद्यालय, स्वास्थ्य चौकी, पशुसेवा कार्यालय र महिला विकास कार्यालय लाभान्वित हुने क्लबका अध्यक्ष अरुणकुमार खनालले जानकारी दिए ।

त्यसैगरी देवघाट गाउँपालिकाको वडा नं ३ र ४ का स्थानीयका लागि शुद्ध खानेपानी व्यवस्थापनका लागि देवघाट गाउँपालिका, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ गैँडाकोट, रोटरी क्लब अफ कावासोती र वाइन टु वाटर नेपालको संयुक्त सहकार्यमा ५०० थान वाटर शयर फिल्टर वितरण गर्ने सम्झौता समेत आजै सम्पन्न भएको वाइन टु वाटर नेपालका कन्ट्री टेक्निकल डाइरेक्टर तथा नारायणगढ रोटरी क्लबका सेवा परियोजना निर्देशक इञ्जिनियर गुणेश्वर महतोले बताए ।

रोटरी सेवालाई अभैm विस्तृत बनाउने उद्देश्यले देवघाट गाउँपालिकाको सभाहलमा बसेको बैठकले दीपककुमार थापा मगर अध्यक्ष र भबीलाल थापा सचिव रहने गरी रोट¥याक्ट क्लब अफ देवघाटको तदर्थ समिति गठन गरेको छ ।

नारायणगढ रोटरी क्लबका अध्यक्ष अरुणकुमार खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, पूर्वअध्यक्षहरू सञ्जय श्रेष्ठ, सुसनलाल प्रधान, प्रथम उपाध्यक्ष यज्ञमुनी बज्राचार्य, मेम्बरसिप चेयर दिपेन्द्रकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । आजै रोट¥याक्ट क्लब अफ देवघाटको तदर्थ समितिले पूर्णता पाएको र नारायणगढ रोटरी क्लबले उक्त रोट¥याक्ट क्लब गठन गर्ने प्रक्रिया सुरु गरिसकेको अध्यक्ष अरुणकुमार खनालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>