Breaking News

राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना चितवनमै हुन्छः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

Banner

चितवन, भदौ ५–

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चितवनमै राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् ।

काँग्रेस चितवनले आज (शनिबार) गृह जिल्लामा गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले चितवनमै सुविधा सम्पन्न क्यान्सर अस्पताल रहेकाले चितवनमै क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्नुपर्ने बताए । ‘मैले सुन्दै छु भक्तपुरमा संस्थान राख्न खोजिएको छ, तर चितवन क्यान्सरका लागि सुविधानसम्पन्न ठाउँ भएकाले यहाँ नै राख्नुपर्छ’–राज्य मन्त्री श्रेष्ठले भने ।

यस्तै मन्त्री श्रेष्ठले सरकारी स्वास्थ्य संस्थाहरुको सुधारका लागि सरकारले दरबन्दीलगायतको व्यवस्थापनमा ध्यान दिएको बताए । सरकारी स्वास्थ्य संस्थाहरु व्यवस्थित नभएसम्म निजी संस्थाहरु हाबी हुने भन्दै सरकारी संस्था नै बलियो बनाउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड थियो ।

मन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्र राज्यको दायित्व नै रहेको भन्दै आमजनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्न सरकार लागि परेको बताए । उनले पछिल्लो समय कोभिड–१९ नै सरकारको चुनौति र अवसरको रुपमा रहेको भन्दै यसलाई व्यवस्थापनका लागि सरकार लागि परेको बताए । उनले खोप बिना आर्थिक अवस्था चलायमान बनाउन नसक्ने भएकाले सबै नागरिकलाई खोप अनिवार्य गरिने बताए । उनले काँग्रेस नेतृत्वको सरकार गठन भएदेखि नै एक करोड डोज खोप आइसकेको भन्दै असोज मसान्तसम्म थप एक करोड ५ लाख डोज खोप ल्याउने दावी गरे । उनले कोरोनालाई नियन्त्रण गर्ने मुख्य आधार नै खोप रहेको भन्दै संक्रमणदर वृद्धि भइरहेको ठाउँहरुमा फ्रन्टलाइनरहरुलाई खोप लगाउन थालिएको बताए । सरकारी स्वास्थ्य संस्थाहरुको सुधार सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

कार्यक्रममा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठलगायतले मन्त्री श्रेष्ठलाई दोसल्ला र खादा ओढाएर सम्मान गरेका थिए । उनले सो क्रममा चितवनले पुनः मन्त्री पाएको खुशी व्यक्त गर्दै राष्ट्रिय राजनीतिमा चितवन शसक्त भएर उभिने बताए । जिल्ला सचिव उत्तम जोशीले संचालन गरेको कार्यक्रममा उपसभापति कैलाश कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>