Breaking News

जापानबाट आइपुग्यो दुई लाख अष्ट्राजेनेका खोप

Banner

काठमाडौँ, भदौं ४- कोरोना भाइरस विरुद्धको दुई लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप जापानबाट नेपाल आएको छ। स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार उक्त खोप कतार एयरलाइन्सबाट  शनिबार बिहान नेपाल आइपुगेको हो।

जापानबाट यसअघि ८ लाख ४७ हजार ३२० डोज खोप नेपाल आएको थियो। जापान सरकारले १६ लाख डोज खोप नेपाललाई दिने छ । त्यस्तै  सचिव पोखरेलका अनुसार बाँकी रहेको खोप सोमबारसम्ममा नेपाल आइपुग्ने छ ।

पोखरेलका अनुसार उक्त खोप पहिलो खोप लगाएर बसेका ६५ वर्षमाथिका मानिसले लगाउन सक्छन । शनिबार आएको खोप प्रदेश १ र २ मा जाने उनले भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>