देश/प्रदेश

‘बिर्तामोड काण्ड’ भनेर सनसनी मच्चाएका युट्युबरसहित तीन जना पक्राउ

Banner

झापा, भदौ ४–

प्रहरीले ‘बिर्तामोड काण्ड’ भनेर युट्युब लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गर्ने ३ जनालाई शुक्रबार पक्राउ गरेको छ ।

बिर्तामोडको एक होटलमा खाजा खान बसेका व्यक्तिको भिडियो खिचेर चरित्र हत्या गरेको भन्दै युट्युबरविरुद्ध प्रहरीमा उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन् ।

पीडितले ६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका थिए । पीडितले बिर्तामोडको होटल जंगल भ्यु चारआलीका सञ्चालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल सञ्चालक सुवास कार्की, युट्युबरहरु खगेन्द्र घिमिरे र भाष्कर श्रेष्ठ तथा सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाईं पोखरेल विरुद्ध उजुरी दिएका थिए ।

प्रहरीले जिल्ला प्रशासन कार्यालय झापाबाट पक्राउ अनुमति लिएर भट्टराई, कार्की र घिमिरेलाई पक्राउ गरेको जनाएको छ । मंगलबार राति बिर्तामोडको सिमाना होटलको कोठाभित्र बसेर खाजा खाइरहेका दुई महिला र एक पुरुषको भिडियो खिचेर सार्वजनिक गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>