Breaking News
विद्यार्थीलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउन शुरु
०
काठमाडौं, भदौ ४ – कोरोना भाइरसविरुद्धको भेरोसेल खोप प्लस टुका विद्यार्थी , ४० वर्ष र सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई खोप लगाउन शुरु गरिएको छ ।
यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सन्चालन हुने छ । बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ । उक्त कार्यक्रममा काठमाडौंका खोप केन्द्रहरुमा खोप लगाउनेको लामो लाइन लागेको छ ।
त्यस्तै खोप लगाउन परीक्षाको प्रवेशपत्र र उमेर खुल्ने कागजात देखाउनु पर्ने छ ।
काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य विभागले सूचना जारी गर्दै ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई र स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षभन्दा माथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>