Breaking News

इन्टरनेट सेवा प्रदायक संघले भन्यो: चितवनमा उपकरण नियन्त्रणमा लिदैँ सेवामा अवरोध भयो

Banner

चितवन, भदौं ३-

इन्टरनेट सेवा प्रदायक संघ केन्द्रीय समितिले चितवनमा विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रवाहमा अवरोध गरेको भन्दै आपत्ति जनाएको छ ।

संघले आज विज्ञप्ति प्रेषित गर्दै भदौं २ गते बुधबार भरतपुरमा नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका केही कर्मचारीहरुले अति आवश्यक इन्टरनेट सेवा प्रवाहमा रोक लगाएको उल्लेख गरेको छ । विज्ञप्तिमा प्रयोग भएका इन्टरनेट सेवा प्रदायकका तार (फाइबर) सुनियोजित रुपमा काट्ने काम गरी दूरसञ्चार उपकरणहरुमा समेत क्षति पु¥याएर दूरसञ्चार उपकरणहरुलाई नियन्त्रणमा लिई इन्टरनेट सेवा नै अवरुद्ध गराएको कुरा यो प्रेस विज्ञप्ति मार्फत् इन्टरनेट सेवा प्रदायक संघले सबैमा जानकारी गराउँछ ।

विज्ञप्तिमा भनिएको छ , ‘पोल भाडादर बारे उच्च निकाय उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयसँग छलफल भइरहेको अवस्थामा यो किसिमको निन्दनीय कार्य भएको छ । साथै इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर इन्टरनेट सेवा प्रवाह गर्ने तार हटाउन समेत भनिएकाले हामी उक्त्त घटनाको गृह मन्त्रालय, जिल्ला प्रसाशन कार्यालय भरतपुर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, उर्जा जलस्रोत तथा सिचाइँ मन्त्रालय र सम्बन्धित निकायहरुको ध्यानाकर्षण समेत गराउँछौं। ’

त्यसैगरी विज्ञप्तिमा दूरसञ्चार ऐन–२०५३ ले गरेको व्यवस्थालाई अटेर / उल्लंघन गरी उक्त क्रियाकलापहरुले दूरसञ्चार ऐन–२०५३ को परिच्छेद –१० सजाय र पुनरावेदनको दफा ४७ दण्ड सजायलाई चुनौती दिएको कुरा पनि सम्बन्धित निकायहरुलाई जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित सबै निकायहरुलाई ध्यानाकर्षण गराउँदै यस्ता गैरकानुनी कार्यहरुलाई गम्भीर रुपमा लिई सो कार्यहरुलाई तत्कालै रोक्नका लागि आवश्यक काम कारबाही गरिदिनका लागि विनम्र अनुरोध गर्दछौं । दूरसञ्चार ऐन–२०५३ लाई उल्लंघन गर्ने जो कोहीलाई छिटोभन्दा छिटो कानुनी कारबाहीको दायरामा ल्याउन समेत इन्टरनेट सेवा प्रदायक संघले अनुरोध गरेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>