Breaking News

प्रदीप नेपालले भनेः “म माधव नेपालको मान्छे हुँ”

Banner

काठमाडौँ, भदौ ३–

माधव नेपालको पार्टीमा सहभागि नभएको स्पष्टी दिएका नेकपा एमालेका नेता प्रदीप नेपालले अन्ततः फेरि आफू माधव नेपालको मान्छे नै भएको स्पष्ट पारेका छन्।

आज (बिहिबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् नेपालले आफू माधव नेपालकै मान्छे भन्दै अहिले आफ्नो कुनै कमिटी नभएको र ६ वर्षदेखि कमिटि विहीन अवस्थामा रहेको स्पष्ट पारेका छन् । नेपालले लेखेका छन्,‘म माधव नेपालको मान्छे हुँ । अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटी विहीन अवस्थामा छु।’

नेता माधव कुमार नेपालले (बुधबार) निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएको बेला नेता नेपालको नाम पनि समेटिएको थियो। यसअघि नेकपा एमालेका नेता नेपालले आफू माधवकुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीमा नरहेको बताएका थिए।
पार्टीको केन्द्रीय कमिटीमा ९५ जनाको नाम छ। सूचीमा नेपालको नाम चार नम्बरमा थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>