अन्तर्राष्ट्रिय
अष्ट्रेलियामा कोरोना बढ्दो , खोप अभियानलाई तीव्रता

काठमाडौं, भदौ ३ – बिहीबार कोरोनाका बिरामी अहिलेसम्मकै धेरै फेला परे पछि अष्ट्रेलियामा खोप कार्यक्रमलाई तीव्रता दिइएको छ । विशेषगरी न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको छ ।
बिहीबार अष्ट्रेलियामा कोरोनाका ७५४ नयाँ संक्रमित फेला वरेका थिए । जसमध्ये न्यु साउथ वेल्समा मात्र ६८१ नयाँ संक्रमित फेला परेका हुन् । सिड्नीको लकडाउन हटाउने तयारी चलिरहेको अवस्थामा मानिसहरुलाई सुरक्षित बनाउन पनि खोप अभियानलाई तीव्रता दिन लागिएको हो ।
न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले कोरोना संक्रमण घटाउन खोप अभियानलाई तीव्रता दिनुको बताउछिन् । उनका अनुसार आगामी साता कोरोना संक्रमणको अवस्था झन् खराब रहने छ । उनले धेरै मानिसले कोरोना खोप लगाए जनजीवन सहज हुने बताएकी छिन् ।
अहिलेसम्म न्यु साउथ वेल्सका २८.५ प्रतिशतले पूरा डोज खोप लगाइसकेका छन् । जबकि ५२ प्रतिशतले कम्तीमा एक डोज खोप लगाएका छन् । १६ वर्षभन्दा माथिको उमेर समुहका ७० प्रतिशतले खोप नलगाउँदासम्म लकडाउन जारी रहन अधिकारीहरुले बताएका छन् ।

























