Breaking News

राष्ट्रपतिद्धारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी, २० प्रतिशतले दल फुटाउन पाउने

Banner

काठमाडौँ, भदौँ २–

अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

गहन अध्ययनपछि आज (बुधबार) राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् । मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो । प्रधानमन्त्री केपी ओली हुँदा राष्ट्रपति भण्डारीले फटाफट अध्यादेश जारी गर्ने गरेकी थिइन् । तर सरकारले मंगलबार नै अध्यादेश पठाए पनि राष्ट्रपति भण्डारीले त्यसलाई रोकेर राखेकी थिइन् र आज मात्रै जारी गरिन् ।

अब अध्यादेश अनुसार २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहेमा दल फुटाउन सक्नेछन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले अध्यादेश जारी भएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>