Breaking News
नेपालमा थप ३२७४ जनामा कोरोना, १९२९ जना निको, २७ जनाको मृत्यु
काठमाडौं, भदौ १
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २७४ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ जना जना पुगेको छ । जसमध्ये ३६ हजार ५७५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ७९० जना आईसीयू र १९१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३७ हजार २२९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना निको भएका छन् । यससँगै नेपालमा हालसम्म ६ लाख ८७ हजार ६९ जना जना निको भएका छन् ।






















