Breaking News

चितवनमा ५६५ जनामा डेंगु र स्क्रब टाइफसको संक्रमण, टाइफसको संक्रमण दोब्बर बढ्यो

Banner

चितवन, भदौं १

चितवनमा ५६५ जनामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनमा ३१८ जनामा स्क्रब टाइफस र २४७ जनामा डेंगु देखिएको हो ।
स्क्रब टाइफस संक्रमितहरुमध्ये भरतपुर महानगरपालिकामा ७९ जना, खैरहनी नगरपालिकामा २५ जना, माडी नगरपालिकामा १३ जना, रत्ननगर नगरपालिकामा ३२ जना, राप्तीमा १७ जना, कालिकामा दुई जना र इच्छाकामनामा दुई जना रहेका छन् । जसमा महिला ११८ जना र पुरुष २४७ जना रहेका छन् ।

त्यस्तै चितवनका डेंगु संक्रमितहरु मध्ये भरतपुर महानगरपालिकामा ७४ जना, खैरहनी नगरपालिकामा २० जना, माडी नगरपालिकामा ९ जना, रत्ननगर नगरपालिकामा ३० जना, राप्तीमा ८ जना, कालिकामा सात जना र इच्छाकामनामा दुई जना रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा चितवनमा १९ हजार २३० जनामा डेंगु परीक्षण गर्दा चार हजार ८०३ जनामा पोजेटिभ देखिएको थियो भने संक्रमितमध्ये तीन जनाले ज्यान गुमाएका थिए । त्यस्तै, गत वर्ष नै एक हजार ५१६ जना स्क्रब टाइफस परीक्षणमा १२७ जनामा पोजेटिभ देखिएको थियो भने दुई जनाले ज्यान गुमाएका थिए ।

यस वर्ष चितवनमा डेंगुको परीक्षण एक हजार ९८६ जनामा मात्र गरिएको थियो जसमध्ये २४७ जनामा पोजेटिभ देखिएको थियो । जसमध्ये कसैले पनि डेंगुको कारणले ज्यान गुमाएको छैन । तर, स्क्रब टाइफस भने यस वर्ष दुई हजार २९० जनामा परीक्षण गरिएको थियो । जसमध्ये ३१८ जनामा पोजेटिभ देखियो भने स्क्रब टाइफसकै कारणले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यसरी हेर्दा डेंगुको संक्रमण गत वर्षभन्दा कम देखिए पनि चितवनमा स्क्रब टाइफसको संक्रमण भने गत वर्षको भन्दा दोब्बर बढी भएको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>