Breaking News

चितवनमा आज एकै दिन १२७ जनामा कोरोना संक्रमण, कोरोनाबाट थप तीन जनाको मृत्यु

Banner

चितवन, भदौं १-

चितवनमा आज एकैदिन १२७ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ८१ जना, खैरहनी नगरपालिकामा २ जना, माडी नगरपालिकामा १४ जना, रत्ननगरमा १० जना, राप्तीमा एक जना, कालिकामा ९ जनामा संक्रमण देखिएको हो ।

योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या दुई हजार ५०१ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार ३५१ जना, अस्पतालको आइसोलेसनमा १४७ जना र सार्वजनिक आइसोलेसनमा तीन जना रहेका छन् ।

त्यस्तै चितवनमा आज कोरोना संक्रमणबाट तीन जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार चितवन मेडिकल कलेजमा दुई जना र भरतपुर अस्पतालमा एक जनाको ज्यान गएको हो । जसमा चितवनका दुई जना र नवलपरासीको एक जना रहेका छन् । चितवनका विभिन्न अस्पतालमा १९७ जना उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ७३ जना, भेन्टिलेटरमा २३ जना, एचडीयूमा ३९ जना र जेनरल बेडमा ८५ जना रहेका छन् । त्यस्तै विगत २४ घण्टामा ३८ जना कोरोना संक्रमित बिरामी अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>