Uncategorized

चितवनमा वैदिक धर्म परिषद् जिल्ला कार्यालय भवनको शिलान्यास

Banner

चितवन, साउन ३२-

भरतपुर महानगरपालिका–४ धर्मचोक लंकू चितवनमा वैदिक धर्म परिषद्को जिल्ला कार्यालय भवनको शिलान्यास भएको छ ।

वाग्मती प्रदेशका पर्यटन उद्योग वन तथा वातावरण संस्कृति मन्त्री सुरेश नेपालले भवनको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा वैदिक धर्म परिषद्का पूर्वकेन्द्रीय अध्यक्ष स्वामी जगन्नाथार्य, वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदी, योजना आयोगका सदस्य डा. यमुना कँडेल, सामाजिक विकास मन्त्रालयका उपसचिव गोपाल कँडेल र भरतपुर –४ का वडाध्यक्ष हरिप्रसाद आचार्यको सहभागिता रहेको थियो । सो कार्यक्रममा वैकुण्ठनाथ परमवैदिक विद्या प्रतिष्ठान (गुरुकुलम)का विद्यार्थीले स्वस्तिवाचन गदैै सुरु गरेका छन् ।
कार्यक्रममा वैदिक युवा परिषद्का केन्द्रीय अध्यक्ष प्रताप कँडेलले स्वागत मन्तव्य राखेका थिए । वैदिक परिषद् चितवनका अध्यक्ष सावित्री कँडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन वैदिक धर्म परिषद्का केन्द्रीय सहसचिव हरिप्रसाद कँडेलले गरेका थिए । कार्यालय भवन अनुमानित एक करोडको लागतमा १०५० स्क्वायर फुट क्षेत्रफलमा आठ कोठा र साढे दुई तलाको बन्ने वैदिक युवा परिषद्का केन्द्रीय अध्यक्ष प्रताप कँडेलले नारायणी अनलाइनलाई जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>