Breaking News

चितवनमा सुजिता मृत्यु प्रकरणका अभियुक्त जेल चलान, ५० हजार धरौटी बुझाउन सकेनन्

Banner

चितवन, साउन ३२-

चितवनको राप्ती नगरपालिकामा भएको सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ ।

जिल्ला अदालत चितवनले आरोपीलाई ५० हजार धरौटी माग गरेकोमा धरौटी बुझाउन नसकेपछि अभियुक्त सुकदेव भण्डारी आज जेल चलान भएका हुन् ।
अदालतका श्रेस्तेदार इश्वर आचार्यका अनुसार जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले थुनछेक बहसपछि निजलाई ५० हजार धरौटी माग गरेको थियो ।

मृतक सुजिताको ठूलो बुबाका छोरा सुकदेव विरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दायर भएको थियो । आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिएकी थिइन् । त्यसको भोलिपल्ट नै प्रहरीले सुकदेवलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

राप्ती नगरपालिका–३ की २३ वर्षीय सुजिता असार ११ गते बिहानै घरबाट निस्केकी थिइन् । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजी गरेको थियो । तर, घरबाट निस्केको नौ दिनपछि असार २० गते साँझ उनको शव जंगलमा भेटिएको थियो । काठमाडौं त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि मृत्युको कारण खुल्न सकेको थिएन । यस घटनाबारे चितवन प्रहरीले गरेको पत्रकार सम्मेलनमा हाडनाता सम्बन्धभित्र सुजिता प्रेम सम्बन्धमा परेपछि आत्महत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>