Breaking News

देशभर ३४५१ कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

Banner

काठमाडौं, साउन ३२-

पछिल्लो २४ घण्टामा देशभर ३४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ९३ पीसीआर परीक्षण गर्दा दुई हजार ५६६ जना र पाँच हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी तीन हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ४५८ जना निको भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ३४ हजार ८३८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ भने छ लाख ८५ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ जना रहेका छन् । जसमध्ये ३६ हजार ३७ जना होम आइसोलेसनमा रहेका छन् भने तीन हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९५ जना आईसीयू र १९७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ५० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०३ जना कोरोना संक्रमित थपिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>