Breaking News
चितवनमा आज एकैदिन मकवानपुरका दुईसहित छ जनाले कोरोनाबाट ज्यान गुमाए
०

चितवन, साउन ३२-
चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन ६ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार भरतपुर अस्पतालमा दुई जना, चितवन मेडिकल कलेजमा तीन जना र पुरानो मेडिकल कलेजमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जसमा चितवनका चार जना र मकवानपुरका दुई जना रहेका छन् ।
चितवनका विभिन्न अस्पतालमा २०९ जना बिरामीको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ८२ जना, भेन्टिलेटरमा २६ जना, एचडीयूमा ४१ जना र सामान्य बेडमा ८६ जना रहेका छन् । त्यसैगरी चितवनका विभिन्न अस्पतालहरुमा विगत २४ घण्टामा कोरोना संक्रमित ४१ जना बिरामी डिस्चार्ज भएको स्वास्थ्य कार्यालय जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















