Breaking News

चितवनमा आज १९९ जना कोरोना संक्रमित थपिए, संक्रिय संक्रमितको संख्या २५ सय नाघ्यो

Banner

चितवन, साउन ३२-

चितवनमा आज एकैदिन १९९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा १३३ जना, खैरहनी नगरपालिकामा १४ जना, माडी नगरपालिकामा १२ जना, रत्ननगर नगरपालिकामा २५ जना, राप्तीमा सात जना, कालिकामा आठ जना थपिएका हुन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ५८२ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार ४१९ जना, अस्पतालको आइसोलेसनमा १५९ जना र सार्वजनिक आइसोलेसनमा चार जना रहेका छन् ।
चितवनका आज चार जना कोरोना संक्रमितको निधन भएसँगै कोरोनाको कारणले ज्यान गुमाउनेको संख्या ३६९ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>