Breaking News

चितवन मेडिकल कलेजमा तीनसहित चितवनमा आज कोरोनाबाट चार जनाको मृत्यु

Banner

चितवन, साउन ३१-
चितवनमा कोरोना संक्रमणबाट आज चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवन मेडिकल कलेजमा तीन जना र पुरानो मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो । मृतकहरुमा मकवानपुरको एक जना र चितवनको तीन जना रहेका छन् ।

त्यसैगरी चितवनका विभिन्न अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या २३० जना पुगेको छ । जसमध्ये आईसीयूमा ९२ जना, भेन्टिलेटरमा २८ जना, एचडीयूमा ४७ जना र सामान्य बेडमा ९१ जना रहेका छन् । त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३१ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् । चितवनमा आज ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ३३ जना, खैरहनी नगरपालिकामा चार जना, माडीमा एक जना, रत्ननगर नगरपालिकामा पाँच जना, राप्तीमा एक जना र कालिकामा तीन जना थपिएका हुन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ५०१ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार ३२८ जना, अस्पतालमा १६६ जना र सार्वजनिक आइसोलेसनमा सात जना रहेका छन् । आज चितवनमा तीन जनाको मृत्यु भएसँगै कोरोना संक्रमणको कारणले ज्यान गुमाउनेको संख्या ३६५ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>