अन्तर्राष्ट्रिय

तालिबान लडाकु काबुल नजिकै पुग्यो, थप दुई प्रान्तीय राजधानी कब्जामा

Banner

एजेन्सी, साउन ३१–

तालिबान लडाकुहरु अफगानिस्तानको राजधानी काबुल नजिकै पुगेका छन् । उनीहरु राजधानी काबुलभन्दा ११ किलोमिटरमात्रै टाढा रहेको समाचार एजेन्सी एपीले जनाएको छ ।
आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाएपछि उनीहरु मूख्य राजधानी केन्द्रीत हुन थालेका हुन् ।

बीबीसीले लेखेको छ–‘यदि तालिबानले काबुल कब्जा गर्यो भने यो अफगानिस्तान सरकार र सेनाका लागि निकै ठूलो झट्का हुने छ ।’

तालिबानले काबुलमा पनि कब्जा जमाउन सक्ने विश्लेषण आइरहेका बेला विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता लैजान काबुलमा सेना पठाउने क्रम जारी छ ।

दुई प्रान्तीय राजधानीमा कब्जा

शनिबारमात्रै तालिबान लडाकुहरुले पक्तिका र कुनार प्रान्तका राजधानी कब्जा गरेका छन् । यससँगै शनिबारसम्ममा तालिबानले आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाइसकेको बीबीसीले जनाएको छ ।

पक्तिकाको परिषद अध्यक्षले भनेका छन् गुप्तचर विभाग, प्रदेश प्रमुखको कार्यालय, प्रहरी हेडक्वाटर र स्थानीय जेल तालिबानको नियन्त्रणमा छन् ।

यसैगरी एक सांसदले कुनार प्रान्तको राजधानी असदाबाद पनि तालिबानले नियन्त्रणमा लिएको बीबीसीलाई बताएका छन् । ट्वीटरमा सार्वजनिक एक अपुष्ट भिडियोमा तालिबानी झण्डाका साथ मानिसहरु हिंडडुल गरिरहेको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>