Breaking News

आगामी चुनावसम्म कांग्रेससहितको गठबन्धनसँग मिलेर जाने माओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव

Banner

काठमाडौं, साउन ३०-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावसम्म कांग्रेससहितको गठबन्धनसँग मिलेर जाने प्रस्ताव अगाडि बढाएका छन् ।
काठमाडौंमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले उक्त प्रस्ताव पेस गरेका हुन्।

बैठकमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने प्रस्तावदेखि गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने प्रस्ताव गरिएको छ । बैठकले आगामी पुस ११ १२ र १३ राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।

‘केपी ओलीको प्रतिगमनका विरूद्ध संघर्षकै क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्दै प्रतिगमन गर्ने ओली प्रवृत्तिलाई गठबन्धनले पराजित गरेको छ । यसलाई नरुचाउने शक्तिहरू गठबन्धनलाई कमजोर पार्ने र भत्काउन लागिपरेका छन्’, उनले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायीत्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तीमा कायम राख्ने पार्टीको नीति हुनेछ ।’

त्यस्तै, प्रचण्डले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र मिचिएका भूभाग कालापानी, लिपुलेकको विषयलाई पार्टीका घोषित नीति र कूटनीतिक माध्यमबाट हल गर्न प्रयत्न गरिने जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>