Breaking News

चितवनमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, आज १६५ जनालाई कोरोना संक्रमण

Banner

चितवन, साउन ३०-

चितवनमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा एक जनाको कोरोना संक्रमणबाट निधन भएको हो । दुवै जना चितवन जिल्लाका हुन् ।

त्यसैगरी विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ४३ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् । यसैगरी अस्पतालहरुमा कोरोनाका बिरामीहरुको चाप बढेर २३२ जना पुगेको छ । जसमध्ये आईसीयूमा ९२ जना, भेन्टिलेटरमा ३० जना, एचडीयूमा ४८ जना र सामान्य बेडमा ९२ जना रहेका छन् ।

त्यस्तै चितवनमा आज १६५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा १२४ जना, खैरहनीमा ६ जना, माडी नगरपालिकामा १३ जना, रत्ननगरमा ११ जना, राप्तीमा एक जना र कालिकामा तीन जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ५३१ रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार ३४९ जना, अस्पतालमा आइसोलेसनमा १७६ जना र सार्वजनिक आइसोलेसनमा ६ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>