Breaking News

चितवनमा इन्टरनेशनल पाँच तारे चेन होटल रमदा इनकोर खुल्ने, साढे दुई अर्ब बढी लगानीको तयारी

Banner

चितवन, साउन ३०-

चितवनको पर्यटकीय केन्द्र सौराहामा अन्तर्राष्ट्रिय चेन होटल रमदा इनकोरले पाँच तारे होटल खोल्ने भएको छ ।

कोरोना कहरका बीच काठमाडौँको ठमेलमा दुई अर्ब ५० करोड लगानीमा चारतारे होटल सञ्चालनमा ल्याएपछि अबको चरणमा होटलले सौराहालाई छनोट गरेको हो ।
होटलका सञ्चालक एवम् डालिया इभेष्टमेन्ट कम्पनीका अध्यक्ष गोपाल पंगेनीले सौराहामा सात वर्ष अगाडि नै पाँचतारे स्तरको होटल खोल्नको लागि ७८ गठ्ठा जग्गा किनेर राखिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ कोरोना संक्रमण दर केही घटेर मानिसको चहलपहल बढ्ना साथ हामी भौतिक संरचना बनाउन सुरु गर्छौं । अहिले हामीले ठमेलमा चार तारे होटल सञ्चालनमा ल्याइसकेका छौं । पोखरामा पनि होटल सञ्चालनमा आइसकेको छ । अबको लगानीको गन्तव्य भनेको सौराहा नै हो । ’ उनले यो होटल अन्तर्राष्ट्रिय स्तरको चेन होटल भएकोले होटलमा आउने पाउनाको बिमा गरिने जानकारी दिए ।

उक्त होटल अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल हो । उक्त तारे होटल नेपाल भ्रमण वर्ष २०२० को सुरुमा सञ्चालनमा ल्याउने गरी तयारी थालिए पनि कोरोनाका कारण ढिला भएको हो । मध्यमदेखि उच्च घरानिया वर्गलाई लक्षित गरी सञ्चालनमा ल्याइने यस्तो होटल विश्वमा नौ हजार २०० भन्दा बढी छन् । रमदा इन्कोरको भारतमा ५२ र चीनमा एक हजार ४०० भन्दा बढी चेन होटल छन् । विश्वका ८० देशमा रमदा इन्कोर बाई वाईनहेमका तीनतारेदेखि पाँचतारे होटल सञ्चालनमा छन् ।

होटलका सञ्चालक पंगेनी ठमेलपछि सौराहामा सञ्चालनमा आउने रमदा होटल अन्तर्राष्ट्रिय ब्राण्डको चेन होटल भएको बताए । काठमाडौंको ठमेलमा ९० कोठा नौ तले होटलभित्र दुईवटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुईवटा कन्फरेन्स हल छन् । छतबाट उपत्यकाको रमणीय वातावरण देख्न सकिन्छ ।

होटलले दुईवटा रेष्टुराँमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचिअनुसारको खानेकुरा प्रदान गर्दै आएको छ । एउटा रेष्टुराँमार्फत स्पेनिस, अरबिक, टर्किस, मोरक्कन र अर्को रेष्टुराँमार्फत पानेशियन र इण्डियनलगायतका खाना प्रदान गरिरहेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोरोना महामारी विश्वभर फैलिँदा नेपालमा भ्रमण वर्षको कार्यक्रम स्थगित गरिएको थियो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको पहिलो तथा दोस्रो चरणको कोरोना सङ्क्रमण देखिँदा नेपाल आउने विदेशी पर्यटकको संख्या घटेको छ। विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना संक्रमण बढिरहेको बेलामा डालिया इभेष्टमेन्ट कम्पनी र गैरआवासीय नेपाली संघ (एनआरएनए)को लगानीमा ‘रमदा इन्कोर बाई वाईनहेम काठमाडौं’ सञ्चालनमा आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>