Breaking News
नेपालमा थप ३ हजार ९१५ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ पुग्यो
०
काठमाडौं, साउन २९
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९१५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ जना पुगेको छ । जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११८ जना निको भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























