Breaking News

चितवनमा आज एकै दिन पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु, १४४ जना आईसीयू र भेन्टिलेटरमा

Banner

चितवन, साउन २८-

चितवनमा कोरोना संक्रमणबाट आज एकै दिन पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृतकहरु मध्ये चितवनका दुई जना, नवलपरासीको एक जना, बर्दियाको एक जना र अर्घाखाँचीको एक जना रहेका छन् ।

त्यसैगरी चितवनका अस्पतालहरुमा कोरोनाका गम्भीर बिरामीको संख्या बढ्दै गएको छ । अस्पतालमा अहिले २५३ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १०५ जना, भेन्टिलेटरमा ३९ जना, एचडीयूमा ४६ जना र जेनरल बेडमा १०२ जना रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २५ जना कोरोनाका बिरामी डिस्चार्ज भएको पनि स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>