Breaking News
चितवनमा आज १७५ जनामा कोरोना संक्रमण, ९२ प्रतिशत बढी संक्रमित घरमा आइसोलेसनमा

चितवन, साउन २८-
चितवनमा आज १७५ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा १२३ जना, खैरहनी नगरपालिकामा पाँच जना, माडी नगरपालिकामा ६ जना, रत्ननगर नगरपालिकामा ३६ जना, राप्ती नगरपालिकामा तीन जना र कालिकामा दुई जनालाई संक्रमण देखिएको हो ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३६२ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार १७८ जना रहेका छन् । जुन संख्या ९२ प्रतिशत भन्दा बढी हुन आउँछ । त्यस्तै अस्पतालको आइसोलेसनमा १७९ जना र सार्वजनिक आइसोलेसनमा पाँच जना रहेका छन् । पहिलो लहरमा अधिकांश संक्रमितले अस्पताल वा सार्वजनिक आइसोलेसनलाई बढी प्रयोग गरे पनि यसपटक भने अधिकांश संक्रमित घरमा नै आइसोलेसनमा बस्ने गरेका छन् ।
चितवनमा आज दुई जनाको मृत्यु भएसँगै चितवनमा कोरोनाको कारणबाट ज्यान गुमाउनेको संख्या ३५८ जना पुगेको छ ।






















