Breaking News

चितवनमा आज तीन कोरोना संक्रमितको मृत्यु, अस्पतालमा २५२ संक्रमितको उपचार हुँदै

Banner

चितवन, साउन २७-

चितवनमा आज कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर अस्पतालमा एक जना, पुरानो मेडिकल कलेजमा एक जना र खैरहनी नगरपालिकामा घरमा आइसोलेसनमा बसेका एक जनाको मृत्यु भएको हो । जसमा चितवन जिल्लाका दुई जना र नवलपुरका एक जना रहेका छन् ।

चितवनका विभिन्न अस्पतालमा अहिले २५२ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १०५ जना, भेन्टिलेटरमा ४१ जना, एचडीयूमा ४७ जना र जेनरल बेडमा १०० जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट २६ जना कोरोना संक्रमणका बिरामी डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>