देश/प्रदेश

घरघरमा ताजा मासु डेलिभरीका लागि ‘मासु’ एपको सेवा सुरु

Banner

काठमाडौं, साउन २७-

ताजा र हाइजेनिक मासु डेलिभरीको लागि विकास भएको अनलाइन प्लाटफर्म ‘मासु’ले आफ्नो सेवा सुुरु गरेको छ ।

‘मासु’ बाट सेवा लिन मोबाइल एप्लिकेशन र वेभ ब्राउजरबाट अर्डर गर्न यो सेवा सुरु गरिएको हो ।

मासुको हाइजिन कायम राख्नको लागि तथा बाह्य संक्रमणबाट जोगाउनको लागि भ्याकुम प्याकिङ गरी शून्यदेखि चार डिग्रीसम्म तापक्रम कायम गरी तयार र डेलिभरी गर्ने योजना सहित ‘मासु’ एप सुरु गरिएको बताइएको छ । यो एपलाई दुई युवाहरु विकास गिरी र विशाल रथ गिरीले सञ्चालनमा ल्याएका हुन् ।

हामीले ताजा र हाइजेनिक मासु समयमै उपलब्ध गराउँछौं, जुन कहिल्यै फ्रोजन भएको हुनेछैन । मासुलाई उपयुक्त तापक्रममा तयार तथा स्टोर नगर्ने हो भने ३० मिनेट भित्र मासुमा अत्यधिक ब्याक्टेरिया वृद्धि हुन्छ जुन हाम्रो स्वास्थ्यको लागि घातक हुन सक्छ’, सञ्चालक विकास गिरीले बताए । गिरीका अनुसार ‘मासु’ले बेच्ने मासु ग्राहकको हातसम्म पुग्दा विभिन्न १२ प्रकारका गुणस्तर जाँच पास गर्नेछ ।

मासु अर्डर गर्नको लागि एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट ‘मासु’ एप डाउनलोड गर्न सक्नेछन् भने आईओएस प्रयोगकर्ताको लागि छिट्टै एप स्टोरमा उपलब्ध हुने बताइएको छ भने वेब ब्राउजर मार्फत ‘मासुस्टोर’ बाट पनि अर्डर गर्न सकिनेछ ।

प्रारम्भिक चरणमा काठमाडौँ उपत्यकामा १२० मिनेटभित्र निःशुल्क डेलिभर हुने गरी तयारी गरिएको गिरीले बताए । यो सेवा विस्तारै देशैभर पु¥याउने योजना रहेको उनले बताए । ‘मासु’ एप बाट खसीको मासु १०५० देखि किन्न पाइने बताइएको छ । आजदेखि प्रि अर्डर सुरु गरिने तथा साउन ३० गतेदेखि डेलिभरी सेवा शुरु गरिने सञ्चालक विशाल रथ गिरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>