Breaking News

चितवनमा आज १७१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २४ सय नाघ्यो

Banner

चितवन, साउन २७-

चितवनमा आज १७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा १३० जना, खैरहनी नगरपालिकामा ८ जना, माडी नगरपालिकामा १२ जना, रत्ननगर नगरपालिकामा ८ जना, राप्तीमा ८ जना, कालिकामा तीन जना, इच्छाकामनामा दुई जना संक्रमित थपिएका हुन् ।

योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ४०७ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार २२२ जना, अस्पतालको आइसोलेसनमा १८० जना र सार्वजनिक आइसोलेसनमा पाँच जना रहेका छन् । आज चितवनका दुई जनासहित जिल्लामा अहिलेसम्म ३५६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>