Breaking News

चितवनको निषेधाज्ञामा थप कडाइ : खाद्यान्न पसल दैनिक १० बजेसम्म, अरु हप्तामा तीन दिन दिउँसो

  • Logo
    app haru
  • २७ श्रावण २०७८, बुधबार
Banner

चितवन, साउन २६
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न चितवनमा जारी गरिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ ।

आज बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञामा थप कडाइ गरिएको जनाएको हो ।

प्रशासनका अनुसार औषधि, अक्सिजन सिलिण्ड तथा स्वास्थय सामग्री सम्बन्धी पसल, एग्रोभेट, बीउबिजन, रासायनिक मल र भेटेनरी औषधि पसल दैनिक पूर्णरुपमा सञ्चालन गर्न पाइने छ ।

यस्तै खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा/मासु, अण्डा, चल्ला, दाना, खाना पकाउने ग्याँस सम्बन्धी पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

यस्तै अन्य पसलहरु आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने यसअघिको आदेशमा उल्लेख छ ।

बीचमा थोरै समय अन्तर कायम गरेर भिडभाड कम गर्न खोजिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । ‘व्यवसाय पनि चलोस, भिडभाड पनि कम होस् भन्ने सोचमा छौं’ उनले भने ।

यसअघि साउन २४ गते निषेधाज्ञामा पुनः कडाइ गरिएको सम्बन्धी सूचना लिन तलको समाचार लिंकमा जानुहोस्, :

चितवनमा निषेधाज्ञामा पुनः कडाइ, पसलहरु हप्तामा तीन दिन, सवारी साधनमा जोरबिजोर

 

आज जारी भएको आदेश :

यसअघि साउन २४ गते जारी भएको आदेश :

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>