Breaking News

चितवनका जागिरेहरुको सामुहिक कृषिकर्म : बिहान बारीमा, दिउँसो अफिसमा

  • Logo
    app haru
  • २६ श्रावण २०७८, मंगलबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, साउन २६
प्राय कार्यालयमा काम गर्ने जागिरेहरु सँधै व्यस्त देखिन्छन् । अधिकांश जागिरेहरु अफिसको काममा मात्र व्यस्त हुन्छन् । दिउँसोको समयमा अफिस जाने उनीहरु आफूलाई निकै व्यस्त ठान्दछन् । र अरु काम गर्दैनन् ।

तर केही यस्ता जागिरेहरु पनि छन् । जो अफिसबाट भन्दा बाहिरी कामबाट बढी आम्दानी गर्छन् । भरतपुर महानगरपालिका– ६ गितानगरको पारसनगरमा जागिरेहरु मिलेर परिवर्तन कृषि तथा पशुपन्छी कृषक समूह खोली कृषिकर्ममा जुटेका छन् । समूहका अध्यक्ष शिसिर तिमिल्सिनाले ५२ जना सदस्य रहेकोमा आधा जति जागिरेहरु छन् । ४० प्रतिशत विभिन्न व्यावसायमा आवद्ध छन् । १० प्रतिशतमात्र घरमा बसेर कृषिमै निर्भर रहेकाहरु छन् ।

कृषक समूहमा शिक्षक, कानुन व्यवसायि (अधिवक्ता), बैंकर्स, फार्मेसिस्ट (औषधि व्यावसायी), इन्जिनियर, विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीसहित विभिन्न व्यावसाय गरेका व्यक्तिहरु आवद्ध छन् । सबै दिउँसोको समयमा कार्यालयमै व्यस्त हुन्छन् । बिहानको समय उनीहरुले कृषिकर्ममा लगाउँछन् । तिमिल्सिना शिक्षण पेसामा पनि आवद्ध छन् । उनी भन्छन्, ‘बिहान जगिङ्ग गर्ने, व्यायाम गर्ने समयमा हामी बारीमा श्रम गर्छाैं । व्यायाम पनि भयो काम पनि भयो ।’

एक वर्षअघि सञ्चालनमा आएको उक्त कृषक समूहले तीन बिघा जग्गा भाडामा लिएर कृषि कर्म गरिरहेको छ । तीन वटा पोखरीमा माछापालन गरिएको छ । यस्तै कुरिलो खेती, च्याउ खेती, फूल खेती र कागती खेती गरिएको छ ।

व्यवस्थापक र माछा कुरुवा (सुरक्षा गार्ड)का लागि एकएक जना गरी दुई जना बाहिरी मानिसलाई राखिएको छ । बाँकी सबै काम समूहमा रहेकाहरुले गर्ने गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार ६०० वटा पोकामा च्याउ खेती गरेको समूहले १० क्वीन्टल च्याउ बेच्यो । च्याउबाट पहिलो सिजनमै लगानी उठाएर पनि नाफा कमाउन सफल भएको तिमिल्सिना बताउँछन् । उनका अनुसार तीन वटा माछा पोखरीमा २६ लाख माछा रहेका छन् । माछाका भूरा हुर्किंदै गरेका छन् । हालसम्म एउटा पोखरीबाट २ लाखको माछा बिक्रि भइसकेको छ । अहिले लगानी वर्ष भए पनि अपेक्षाभन्दा बढी प्रतिफल प्राप्त गरिएको उनले बताए ।

विभिन्न संस्कारका ५२ जनाको मिलन कसरी ?

गतवर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारी निम्त्याएको निषेधाज्ञा र लकडाउनका बेला सबै क्षेत्रका कर्मचारी तथा पेसा व्यावसायीहरु घरमै बस्नु प¥यो । सरकारी क्षेत्रबाहेक अन्य क्षेत्रका अधिकांश कर्मचारीलाई बेतलबी बिदामा राखियो । व्यावसायहरु ठप्प थियो ।

घरमा थन्किएको बेला पारसनगरका ती जागिरे तथा व्यावसायिहरुले कृषि कर्मलाई रोजे । अध्यक्ष तिमिल्सिना भन्छन्, ‘लकडाउनको सुरुवातसँगै हामीलाई चेतना के आयो भने कृषिलाई केहीले पनि रोक नलाग्दो रहेछ । त्यही चेतनाबाट विकसित भएर हामी कृषि कर्ममा जोडियौं । लकडाउनले हामीलाई कृषि कर्ममा पु¥यायो ।’ झाडी भरिएर यसै खेर गै रहेको जग्गा भाडामा लिएर झाडी फडानी गरेर कृषि कर्म सुरु गरेको तिमिल्सिनाले बताए ।

समूहमा माछा उपसमिति, कुरिलो उपसमिति, च्याउ उपसमिति, फूल उपसिमित, महिला उपसमिति, बाल उपसमिति बनाएर सबैलाई आआफ्नो जिम्मेवारी दिइएको छ । सबैले आआफ्नो जिम्मेवारी पूरा गरिरहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले ५२ जनामा कहिल्यै मनमुटाव र विवाद नभएको बताए । ‘हामी कृषिमा केही गर्नुपर्छ भन्नेहरु मिलेर समूहमा आवद्ध भएका हौं । हामी सबै मिलेर काम गर्छाैं । हामीबीच कहिल्यै विवाद र मनमुटाव भएको छैन’ उनले भने, सुरुमा हामी ४० जना थियौं । पछि १२ जना थपिनुभयो ।’

समूहले एउटा विधि बनाएको छ र सबैले त्यसैमा रहेर काम गरेका छन् । उनले भने ‘विविध संस्कार, समुदाय, विभिन्न विचार र विभिन्न चेतनाहरुले विकास भएका व्यत्तिहरुलाई समायोजन गर्न गाह्रो छ । तर हामी विधिमा विश्वास गर्छौं, विधि बनाएर त्यही अनुसार चलेका छौं । असल समाज निर्माण गर्ने उद्देश्य बोकेर हिँडेका छौं ।’

लगानीको जोहो यसरी :

समूहमा हालसम्म २५ लाख रुपैयाँ जम्मा भइसकेको बताउँदै अध्यक्ष तिमिल्सिनाले १२ लाख रुपैयाँ लगानी लागि सकेको बताए ।

उनका अनुसार समूहमा लगानी कोष बनाएर सदस्यहरुलाई ऋण दिने व्यवस्था पनि गरिएको छ । सुरुवातमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ उठाइएको थियो । हाल प्रत्येक सदस्यले मासिक एक हजार रुपैयाँ जम्मा गर्ने गर्दछन् ।

समूहले आम्दानी हुँदै गएपछि त्यसैबाट लगानी जुटाएर चितवनका विभिन्न विकट क्षेत्रहरुमा पुगेर जहाँ जे उत्पादन हुन्छ त्यही खेती गर्ने योजना बनाएको अध्यक्ष तिमिल्सिना बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>