नवलपरासी

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट इन्सपेक्टरको मृत्यु

Banner

नवलपरासी, साउन २६–

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट गयराती एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ ।

राति ८ बजेतिर बाटोमा हिँडिरहेका बेला लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय इन्सपेक्टर कपिल वाग्लेको मृत्यु भएको हो । उनको उपचारको क्रममा रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक इन्सपेक्टर इलाका प्रहरी कार्यालय बर्दघाटमा इन्चार्जको रुपमा कार्यरत थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>