Breaking News

चितवनमा सात ठाउँमा चोरी गरेको आरोपमा आठ लाख बढी नगदसहित एक पक्राउ

Banner

चितवन, साउन २५-

चितवन प्रहरीले विभिन्न ठाउँबाट चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

रत्ननगर नगरपालिका र कालिका नगरपालिकाका विभिन्न सात स्थानबाट आठ लाख ९९ हजार ९६१ रुपैयाँ चोरी गरेको आरोपमा नगदसहित २८ वर्षीय केशव प्रजालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रजा राप्ती नगरपालिका वडा न.१२ धाङवाङगैरी घर भई रत्ननगर नगरपालिका वडा न. ९ जानकीटोल बस्ने गरेका छन् । उनलाई आठ लाख ९९ हजार ९६१ रुपैयाँ नगद र चोरी गर्न प्रयोग गरेका विभिन्न औजारसहित आइतबार पक्राउ गरिएको हो । चोरी सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतवाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको चितवन प्रहरीले आज प्रेषित गरेको विज्ञप्तिमा जनाइएको छ । उनले विभिन्न मितिमा रातको समयमा घर कोठामा मानिसहरु सुतिरहेको मौका पारी घर भित्र प्रवेश गरी नगद तथा सुनका गरगहनाहरु चोरी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>